हामीले देख्दै आएको सुँगुरको मुख एउटा, थुतुनो पनि एउटै हुन्छ । तर चीनका एक किसानले अकस्मात सुँगुरको नयाँ अवतार फेला पारे । उनको घरको एउटी सुँगुर्नीले तीन आँखा र दुइ थुतुनो भएको पाठो ब्याइदिएकी छे ।हुन त आठ वटा पाठा पाएकी त्यो सुँगुर्नीले यो मात्रै एउटा अचम्मको उपहार दिएकी हो । झेजियाङ प्रान्तको चोङग्रेन गाउँका लिउ डिङशेङको घरमा यो पाठो जन्मिएको हो ।
लिउले यो अचम्मको पाठो हातमा खेलाउँदै भने-"यसलाइ देखेर त म चकितै परिहालेँ किनभने मैले मेरो जन्मभरमा यस्तो अचम्मको सुँगुर देखेको थिइनँ । अब यसलाइ के गरूँ, पूजा गरूँ कि लगेर खोलामा बगाउँ मलाइ क्यै थाहा छैन ।"
पिपुल्स डेली पत्रिकालाइ जनाए अनुसार यो पाठो पाउने सुँगुर्नीको स्वास्थ्य अति राम्रो छ । र अहिले त उसले आफ्नो दैनिक दिनचर्या पनि जारी राखेकी छे ।
यता स्थानीय पशु चिकित्सकले यस किसिमको विकृत जन्मको कारण या त जेनेटिक म्युटेशनका कारण नत्र भने खाद्य प्रदूषणका कारण भएको हुन सक्ने बताएका छन् ।
पछिल्लो समय निकै द्रूत गतिमा विकासको पथमा हिँडिरहेको चीनले ज्यादै ठूलो वातावरण प्रदूषण भोगिरहेको छ ।



0 comments:
Post a Comment