Tuesday 7 April 2009

सुँगुरको नयाँ अवतार


हामीले देख्दै आएको सुँगुरको मुख एउटा, थुतुनो पनि एउटै हुन्छ । तर चीनका एक किसानले अकस्मात सुँगुरको नयाँ अवतार फेला पारे । उनको घरको एउटी सुँगुर्नीले तीन आँखा र दुइ थुतुनो भएको पाठो ब्याइदिएकी छे ।

हुन त आठ वटा पाठा पाएकी त्यो सुँगुर्नीले यो मात्रै एउटा अचम्मको उपहार दिएकी हो । झेजियाङ प्रान्तको चोङग्रेन गाउँका लिउ डिङशेङको घरमा यो पाठो जन्मिएको हो ।

लिउले यो अचम्मको पाठो हातमा खेलाउँदै भने-"यसलाइ देखेर त म चकितै परिहालेँ किनभने मैले मेरो जन्मभरमा यस्तो अचम्मको सुँगुर देखेको थिइनँ । अब यसलाइ के गरूँ, पूजा गरूँ कि लगेर खोलामा बगाउँ मलाइ क्यै थाहा छैन ।"

पिपुल्स डेली पत्रिकालाइ जनाए अनुसार यो पाठो पाउने सुँगुर्नीको स्वास्थ्य अति राम्रो छ । र अहिले त उसले आफ्नो दैनिक दिनचर्या पनि जारी राखेकी छे ।

यता स्थानीय पशु चिकित्सकले यस किसिमको विकृत जन्मको कारण या त जेनेटिक म्युटेशनका कारण नत्र भने खाद्य प्रदूषणका कारण भएको हुन सक्ने बताएका छन् ।

पछिल्लो समय निकै द्रूत गतिमा विकासको पथमा हिँडिरहेको चीनले ज्यादै ठूलो वातावरण प्रदूषण भोगिरहेको छ ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।